बलात्कार नगरेको पल शाहको प्रहरीलाई बयान, अडियो रेकर्ड भने आफ्नो भएको स्वीकार

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  843 पटक हेरिएको

तनहु, चैत्र ८ । 

अभिनेता पल शाहले नाबालिग गायिकालाई बलात्कार गरी उजुर नगर्न पटकपटक प्रयाससमेत गरेको जिकिर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले तनहुँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। शाहलाई बलात्कार गरेको अभियोग र उनका म्यानेजर कृष्ण जोशीलाई बलात्कारका मतियार भएको अभियोग सरकारी वकील कार्यालयले  लगाएको छ।

उनीहरू म्युजिक भिडिओ सुटिङका दौरान गत वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित प्रदीप थापाको घरमा बास बसेका थिए। सोही रात शाहले नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ। तर शाहले निज नाबालिकलाई उमेर पुगेपछि बिहे गर्ने सहमति भए पनि बलात्कार भने नगरेको बताएका छन । तीन पक्षीय बीचको संवाद आफ़्नो भएको पनि स्वीकार गरेका छन ।

बलात्कारमा पर्ने बेला गायिका १५ वर्ष ९ महिनाकी मात्र भएकाले शाहलाई १२ देखि १४ वर्षसम्मको कैद सजाय हुनुपर्ने माग सरकारी वकिल कार्यालयले माग गरेको छ। १४ देखि १६ वर्षसम्मका नाबालिगलाई बलात्कार गरे १२ देखि १४ सम्मको कैद हुने मुलुकी फौजदारी संहिताले गरेको छ। मतियारका रूपमा पेस गरिएका जोशीलाई भने शाहलाई हुने सजायको आधासम्म कैद सजाय गर्न माग गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार