इटलीमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या चीन भन्दा बढ़ी, हालसम्म ४,०३२ को ज्यान गयो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  841 पटक हेरिएको

vision-online-advertise

इटली, चैत ७ ।

चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका १५१ देश भन्दा बढ़ी देशमा फैलीएको छ । विश्वभर १५१ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट २ लाख ४९ हजार ७ सय ९७ जना (२,४९,७९७) संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ६१ पुगेको छ ।

इटलीमा कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वातै बढेको छ । शुक्रवार राति १२ बजेसम्मको तथ्यांक अनुसार इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ०३२ (४,०३२) पुगेको छ । यो तथ्यांकको आधारमा इटलीको स्थिति भयाबह देखिन्छ । चीनको तुलनामा मर्नेको संख्या इटलीमा लगभग ८ सयले बढ़ी छ । पछिल्लो समय चीनमा कोरोना भाईरस नियंत्रणको नजिक आएपनि अन्य मूलुकमा भने स्थिति भयाबह छ । 


पछिल्लो तथ्यांक अनुसार इटलीमा कोरोना संक्रमितको संख्या ४७ हजार ०२१ (४७,०२१) पुगेको छ। यससँगै इटललीमा २ हजार ५ सयको हाराहारीमा उपचारपछि घर फर्किएका छन् । २ हजार ५ सय १८ जना (२,५१८) को गम्भीर अवस्थामा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यम सिन्हाले जनाएका छन् । लिखित तथ्यांक शुक्रवार राति १२ बजेसम्मको डाटाको आधारमा तयार पारीएकोले त्यस पश्चात तथ्यांकमा थप हून सक्ने पाठक बर्गमा सूचित गरीन्छ ।

यस्तो छ १५१ देशको सूची (कोरोना अपडेट)

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार