
काठमांडौ, चैत ७ ।

पढाईको सिलसिलामा बिगत ४ बर्ष अघि जापान आएका थिए प्रेम तामाङ । उच्च शिक्षा संगै परिवारको आर्थिक अवस्था माथि उकास्नेअभिलाषा बोकेर जापान आएका प्रेम तामाङको ज़िन्दगी र जीवन यात्रा पनि राम्रै सोचे अनुसार नै चलिरहेको थियो । शुरूका दिनमा फुकुओका स्थित किताक्यूशुको YMCA जापनिज भाषा स्कुलबाट आफ्नो पढ़ाईको यात्रा शुरू गरेको थियो प्रेम तामाङले, विगत २ बर्षजापानको फुकुओका स्थित कोकुरा किताक्युशुको YMCA निहोनगो गान्कोबाट आफ्नो पढाइ सकेर पढाइकै सिलसिलामा हालटोकियो बस्दै आएका प्रेम तामाङको स्वास्थ्यमा अचानक समस्या आए पछी टोक्यो स्थित अस्पताल गई स्वास्थ्य जाँच गराए ।
स्वास्थ्य जाँच पश्चात केही दिनपछी रिपोर्ट आयो तर दुवै मृगौला फेल भएको दुःखद खबर प्राप्त भयो । सामाजिक संजाल फेसबुकबाट दुबै मृगौला फेल भएको जानकारी पाएका फुकुओका स्थित कोकुरा निबासी नबिन जि.सिले “प्रेम तामाङ बचाऊँ अभियान” फेसबुक बाट नै शुरू गरे र सबैमा सहयोग गर्न आह्वान गरे । तत् पस्चात सोही अनुरूप “प्रेम तामाङ बचाऊ अभियान” लाई सहयोग गर्ने उद्देश्यले गैर आवासिय नेपाली संघ जापान, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओकाका कार्यसमितिका सदस्यनबिन जिसिको सक्रियतामा “प्रेम तामाङ बचाऊँ अभियान” शुरु भएको थियो ।
किताक्यूशु निबासी नेपालीहरूको सक्रिय सहभागिता रहेको उक्त अभियानबाट एक महीनामा नै जापनिज येन ८०,४०१ तथा नेपाली रु। ८७,४२८ रकम संकलित भएको थियो । उक्त संकलित रकम जापानबाट प्रेम तामाङको आमाको नाममा पठाई एनआरएनए जापानक्यूशु क्षेत्रीय कार्यसमितिका उप-संयोजक सचिन नेम्बांगद्वारा मृगौला पिडीत प्रेम तामाङलाई निज कै निवासमा गई हस्तान्तरण गरीएकोउप-संयोजक नेम्बांगले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।
