कोरोना उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता, २० हजार थान सेफ्टी किट किन्ने सरकारको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  655 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत ३।

सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । सोमबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

त्यस्तै कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता र अप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

त्‍यस्तै बैठकले कोरोना स‌ंक्रमणको परीक्षण गर्ने स्वास्थ्यकर्मीका लागि २० हजार थान सेफ्टी किट (पीपीई) किन्ने निर्णय पनि गरेको छ । बिश्वमा कोरोना भाईरसले पुर्याएको क्षतिलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरुको जोखिम र भाईरस नियन्त्रणको पूर्वतयारीमा नेपाल सरकार र कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको तदारुक्ता सम्मानयोग्य देखिन्छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार