प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम ऐतिहासिक अधिवेशनको सबै तयारी पुरा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  235 पटक हेरिएको

टोकियो जापान, फागुन  ३० ।  

प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको सबै तयारि पुरा भएको छ । जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा प्रेस सेन्टरको मार्च १७ तारिखका दिन प्रथम अधिवेशन हुन लागेको प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आयोजक समितिका सहसंयोजक विनोद ढकालले जानकारी दिनु भयो |

यस अघि अधिवेशन सम्पन्न गर्नका लागि जापानमा कृयाशिल प्रेस सेन्टर निकट पत्रकारहरूको भेलाले आयोजक समिति समेत गठन गरेको थियो | सहसंयोजक ढकालका अनुसार जापानको राजधानी टोकियो ओकुबो स्थित रहेको काठमाडौं लाउन्च प्रथम ऐतिहासिक अधिवेशनको आयोजना गरिएको उहाले बताउनु भयो | कार्यक्रममा आतिथ्यताका लागि जापानमा रहेका क्रियाशिल सबै संघ संस्थाहरूलाई निमन्त्रणा पठाई सकिएको पनि उहाले जानकारी दिनुभयो |

प्रेस सेन्टर नेपाल, जापान शाखालाई मजबुत बनाउदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको बिकास गर्नमा अधिवेशनको मुख्य जोड हुने बताईएको छ ।

यस्तै अधिबेशनले समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पेशागत रूपमा पत्रकारिता क्षमताको बिकास गर्न मुख्य जोड दिने, प्रवासमा रहेर पनि देशको हितमा काम गर्न निरन्तर हौशला प्रदान गर्न प्रेरणा दिने बातावरण सिर्जना गर्ने समेत आयोजक समितिले जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार