बुटवलमा कोरोना भाइरस संक्रमणको आशंकामा एकजना अस्पताल भर्ना

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  723 पटक हेरिएको

vision-online-advertise

बुटवल, फागुन २९ ।

बुटवलमा कोरोना भाइरस संक्रमणको आशंकामा एकजनालाई अस्पतालमा भर्ना गरिएको छ । २१ वर्षका एक युवकलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

डा. थापाका अनुसार ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणसंग मिल्दाजुल्दा लक्षणहरु देखिएका छन् । ‘तर कोरोना नै हो कि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी छ’ थापाले भने ‘भोलि नमूना परीक्षणका लागि काठमाडौं पठाउँदैछौं ।’

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएका बिरामीलाई उपचारका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको डा थापाले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार