कोरोना संक्रमणबाट इरानी सांसदको मृत्यु, ईरानमा मृत्यु हुनेको संख्या १४५ पुग्यो

कोरोना भाईरसका कारण इरानी सांसद फतेमेह रहबरको मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1352 पटक हेरिएको

तेहरान ईरान, फागुन २५ ।

इरानमा कोरोना भाइरसको संक्रमणबाट एक सांसदको मृत्यु भएको छ । शनिबार स्थानीय टेलिभिजनले जनाए अनुसार  फतेमेह रहबरको मृत्यु भएको हो । ५५ वर्षीया रहबर कोरोना संक्रमित थिइन् । कन्जरभेटिभ तर्फको सांसद रहबर तेहरानबाट निर्वाचित थिइन् । यससँगै उनी कोरोनाबाट मृत्यु हुने दोस्रो इरानी सांसद हुन् ।


इरानमा सांसद लगायत आठजना उच्चस्तरीय व्यक्तित्व संक्रमित थिए । इरानमा कोरोना भाइरसको महामारीका कारण विश्वविद्यालय र स्कुल बन्द गरिएका छन् ।

चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण बिश्व आतंकीत बनिरहेको छ । पछिल्लो समय चीनमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या कम भईरहेको छ तर यस भाईरसले अन्य मुलुकलाई भने आतंकीत बनाईरहेको छ । हाल चीन पछि कोरोना भाईरसको सक्रमण दक्षिण कोरिया, ईटली र ईरानमा बढी फैलिएको छ । ईरानमा हालसम्म कोरोना भाईरसको संक्रमितको संख्या ५ हजार ८ सय २३ पुगिसकेको छ । यो क्रम अझ बढ्ने देखिन्छ । ईरानमा हालसम्म कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या १४५ जना पुगिसकेको छ ।

ईरानमा कोरोना भाईरसका कारण सुप्रिम कोर्टका लिडर आयात उल्लाहको निधन भईसकेको छ । ईरानमा स्वास्थ्य मन्त्रि स्वयम कोरोना भाईरसबाट संक्रमित छन र संसद भवन नै कोरोना भाईरसका कारण असुरक्षित रहेको भन्दै सांसदहरुले असन्तुष्टि पोखिरहेका छन । जहाँ मन्त्रि देखि संसद भवन र सुप्रिम कोर्टका कर्मचारीहरुमा समेत कोरोना भाईरसको संक्रमण पुष्टि भईसकेको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार