चर्चित गायक आनन्द कार्कीको आवाजमा रहेको “जिन्दगी अझै जिउने” सार्वजनिक(भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  222 पटक हेरिएको

काठमाण्डौँ, बैशाख ३ ।  

चर्चित गायक आनन्द कार्कीको स्वरमा रहेको नयाँ गीत “जिन्दगी अझै जिउने” बोलको गीत नयाँ बर्षको उपहाको रुपमा हिजो बेलुकि सार्वजनिक गरिएको छ । बिहिबार साँझ सार्वजनिक उक्त गीतमा लामो समय पछि कलाकारिता क्षेत्रमा फर्किएकी कलाकार तथा मोडल तुलशा कटुवाल र नृत्य निर्देशक समेत रहेका कलाकार देशराज आचार्यको मूख्य अभिनय रहेको छ । भिजन अनलाईन न्युजका सम्पादक समेत रहेका मोडल तुलशा कटुवाल र देशराज आचार्यको अभिनय रहेको उक्त गीतको रचना भने चेतन खतिवडाले गरेका हुन ।

उक्त गितको  संगित भने शक्ति बल्लभको र एरेन्ज भने मनोह सुमनले गरेका हुन । गीतको भिडियो कोरियोग्राफर भने निर्देशक समेत रहेका कलाकार देबराज आचार्यले गरेका हुन । यसअघि चर्चित गायक आनन्द कार्कीको बिभिन्न चर्चित गितहरु बजारमा आईसकेको छ ।

हिजो साँझ मात्र बुढा सुब्बा डिजिटल युबट्युब च्यानलबाट सार्वजनिक गरिएको “जिन्दगी अझै जिउने”बोलको गीतमा सामाजिक परिबेश, माया पिरेम र त्यसले ब्यक्तिलाई अझ जिन्दगी जिउने उत्प्रेरणा दिने र युवा पिढिको यथार्थलाई उतार्ने प्रयास गरिएको छ ।

नयाँ बर्ष २०७८ सालको उपहारको रुपमा सार्वजनिक गरिएको उक्त गीतलाई दर्शकस्रोताले मन पराउने कलाकार तुलशा कटुवाल बटाउछिन । पछिल्लो समय युवा पिडिमा देखिएको माया पिरती प्रतिको लगाब र त्यसले पार्ने प्रभाबको बारेमा देखाउन खोजिएको उक्त गितको भिडियो केहि घण्टामानै साढे २ हजार दर्शकले हेरिसकेका छन ।

“जिन्दगी अझै जिउने” गीतको भिडियो हेरेर प्रतिक्रिया दिनुहुन निर्माण टिम हार्दिक अनुरोध गर्दछ । उक्त गीतको भिडियो हेर्न तल भिडियोमा क्लिक गर्नुहोला ।

 

 

“जिन्दगी अझै जिउने” गीतको भिडियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार