ईरान, फागुन २३ ।
चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण बिश्व आतंकीत बनिरहेको छ । पछिल्लो समय चीनमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या कम भईरहेको छ तर यस भाईरसले अन्य मुलुकलाई भने आतंकीत बनाईरहेको छ । हाल चीन पछि कोरोना भाईरसको सक्रमण दक्षिण कोरिया, ईटली र ईरानमा बढी फैलिएको छ । ईरानमो हालसम्म कोरोना भाईरसको संक्रमितको संख्या ३ हजार ५ सय १३ पुगिसकेको छ । यो क्रम अझ बढ्ने देखिन्छ । ईरानमा हालसम्म कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या १०७ जना पुगिसकेको छ ।
ईरानमा कोरोना भाईरसका कारण सुप्रिम कोर्टका लिडर आयात उल्लाहको निधन भईसकेको छ । ईरानमा स्वास्थ्य मन्त्रि स्वयम कोरोना भाईरसबाट संक्रमित छन र संसद भवन नै कोरोना भाईरसका कारण असुरक्षित रहेको भन्दै सांसदहरुले असन्तुष्टि पोखिरहेका छन । कोरोना भाईरसको संक्रमणको हिसाबमा ईटली तेस्रो नम्बरमा छन । जहाँ मन्त्रि देखि संसद भवन र सुप्रिम कोर्टका कर्मचारीहरुमा समेत कोरोना भाईरसको संक्रमण पुष्टि भईसकेको छ ।
ईरान सरकारले कोरोना भाईरस फैलिएपछि यसबाट बच्न जेल जीवन बिताईरहेका ५४ हजार कैदीलाई अस्थायी रुपमा धरौटीमा रिहा गरेको छ । कोरोना भाईरसको संक्रमण तीब्र रुपमा फैलिएपछि धेरै संख्यामा कैदी रहेका जेलहरुको निरिक्षण गरी तिनिहरुको कोरोना भाईरसको परिक्षण गरि नेगेटिभ आउने कैदिहरुलाई छाडिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।
कोरोना भाईरसका त्रामका कारण ईटली सरकारले प्रेमीप्रेमिका बीच किस तथा चुम्बन गर्न समेत निषेध गरेको छ । बिश्व बजारमा आर्थिक संकट निम्त्याउन सक्ने कोरोना भाईरसका कारण बजारमा अत्यावश्यक बस्तुहरु समेत पाउन छाडेका छन । कोरोना भाईरसको त्रासका कारण मानिसहरु घरमा खाद्यान्न स्टक राख्न थालिसकेकोले पनि बजारमा ती सामानहरु पाउन गाह्रो रहेको छ ।
ईटलीमा एक सुपरमार्केटबाट ठुलोमात्रामा पास्ता चोरि भएको छ । बजारमा सुपरमार्केटहरु नै खाली देखिन थालेको छ । तर नेपालमा भने हालसम्म कोरोना संक्रमितको संख्या १ जना र अन्य केही आशंकामा हस्पिटलमा डाक्टरहरुको निगरानीमा राखिएको छ । हालसम्म नेपालमा कोरोना भाईरसबाट कुनै मानबीय क्षति भने भएको छैन । नेपाली बजारमा पनि पछिल्लो समय मास्क औषधि लगायत अत्याबश्यक बस्तुहरुमा कालाबजारी गरी महङ्गोमा बिक्रि गरिरहेको पाईएको छ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।