प्रहरीभित्रको असन्तुष्टिका कारण डिआइजी डा. राजीव सुब्बाले दिए राजीनामा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  758 पटक हेरिएको

काठमाडौं, फागुन २३ ।

नेपाल प्रहरीको प्राविधिकतर्फको एआइजी बढुवामा सधै वरिष्ठतालाई ख्यालमा राखिन्थ्यो । तर, यसपटक डा. आशा सिंहले बाजी मारिन् । डिआइजी वरियतामा आफूभन्दा माथि रहेकालाई उछिन्दै बढुवा भइन् । त्यसबारे लोकसेवा आयोगसम्म उजुरी पुग्यो । तर, आशाले नै फुली थपिन् ।


यसप्रति डिआइजीहरु असन्तुष्ट भए । असन्तुष्टिको कारण डिआइजी डा.राजीव सुब्बाले राजीनामा दिए । उनले आजै प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली समक्ष राजीनामा बुझाएका छन् ।

चिकित्सक डा. सुब्बा पनि बढुवामा असन्तुष्ट भएकामा पर्छन् । उनले राजीनामा दिएपनि स्वीकृति भइसकेको छैन । मन्त्रिपरिषद्ले यसको निर्णय लिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा रहेकाले मन्त्रिपरिषद बस्न केही समय लाग्छ र उनको राजीनामाको टुंगो लाग्छ । तर, प्रहरीभित्रको असन्तुष्टि सुब्बाको राजीनामाले बाहिर ल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार