देशभर निर्वाचन जारी हालसम्म ८ लाख मतदाताले भोट खसाले

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  42 पटक हेरिएको

काठमाण्डौँ, फागुन २१ ।

आज नेपालमा आम निर्वाचन २०८२ जनताले आफ्नो मताधिकार प्रयोग गरि देशको भबिष्यको लागि नेतृत्व छान्ने दिन । आज बिहानै देखि देशभर निर्वाचन शुरु भईसकेको छ । हालसम्म २० प्रतिशत जनाताले आफ्नो मत खसारी सकेको बुझिएको छ । आजको निर्वाचन सफल बनाउनको लागि देशै भरीको सुरक्षा ब्यबस्था पनि कडा पारिएको छ । हालसम्म देशैभरी शान्तीपुर्ण निर्वाचन भईरहेको जानकारी प्राप्त भएको छ । काठमाण्डौँ उपत्यका भित्र पनि शान्ति पुर्ण तबरबाट मतदान भईरहेको जानकारी प्राप्त भएको छ ।

यसै क्रममा आजको निर्वाचनमा प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन् । १६५ स्थानका लागि आज देशैभर चुनाव भइरहेको छ । समानुपातिक तर्फका ११० सिटका लागि पनि मतदाताहरु आफ्नो मत हालिरहेका छन् । नेकपा समाजबादीका अध्यक्ष पुष्किमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट आफ्नो मत खसालेको छ तर अध्यक्ष प्रचण्डले भने यस पटक रुकुमबाट उम्मेद्धारी दिएको छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले मतदान बालकोटको महेन्द्र शान्ति मावि बाट निर्वाचनमा आफ्नो मत खसालेको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं–४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् । काठमाडौं–४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो । यसपालि कांग्रेसले यहाँ युवा नेता सचिन तिमल्सिनालाई उम्मेदार बनाएको छ । यसैगरी रास्वपा सभापति रबि लामिछाने, बरिष्ठ नेता बालेन शाहले पनि मतदान गरिसकेको छ । पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले पनि गोरखाको पालुङ्गटार पुगेर मतदान गर्नु भएको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्गले पनि आफ्नै निर्वाचन क्षेत्र धरानबाट आफ्ना आमाको साथमा गई आफ्नो मताधिकार प्रयोग गरि मत खसालिसकेको जनाएको छ । अध्यक्ष साम्पाङ्गले जसले जिते पनि जनताले जित्ने भएकोले आफु ढुक्क भएको प्रतिकृया दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार