आगामी चैत ५ गतेसम्म वार्षिक परीक्षा सक्न शिक्षा मन्त्रालयको निर्देशन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  906 पटक हेरिएको

काठमांडौ, फागुन २२ ।

विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा मिति २०७६ फागुन २० गते बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा सक्नेगरी सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।

सो निर्णयबमोजिम गर्ने गराउने कार्यमा सहजीकरण एवं समन्वय गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र स्थानीय पालिकाहरुका सङ्घ, महासङ्घहरुलाई शिक्षा मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट सजगता अपनाउन सभा, समारोह, गोष्ठी, सेमिनार, वार्षिक उत्सव लगायतका भेला हुने प्रकृतिका कुनै पनि कार्यक्रमहरु विद्यालयले आयोजना नगर्न नगराउन पनि सूचित गर्ने निर्णय गरिएको छ । कोरोना भाईरसका कारण बिश्वका ५० देश भन्दा बढ़ी देशहरूमा संक्रमण तिब्र भईरहेको र त्यसको असर नेपालमा पनि पर्ने देखिएको सजगता अपनाईएको मन्त्रालय जनाएको छ । हालसम्म नेपालमा कोरोना भाईरसको संक्रमित प्रमाणित नभएपनि चीनको नजिकको छिमेकि राष्ट्र भएको र नेपाल चीन बिचको सीमानाका र हवाईसेवा समेत समयमा नै बन्द नगरेकोले नेपालमा पनि कोरोनाको संक्रमित हुन सक्ने बिज्ञहरूको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार