काठमाण्डौँ, फागुन १७ ।
राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसका विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सिर्जना भएको आन्तरिक द्वन्द्व सुल्झिएको छ । पार्टीको सिफारिस अनुसार उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने र अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडालाई नै निरन्तरता दिनेगरी सहमति खोजिएको हो ।
पछिल्लो समय नेकपाको बिबाद समाधान उन्मुख हुदै गएको छ । नेकपाका नेता माधब क्मार नेपाल र महासचिब बिष्णु पौडेलको मध्यमार्गी समाधानको उपायलाई दुबै अध्यक्षले स्वीकार गरेपछि हाललाई समस्या टर्ने भएको हो । नेकपाको बिबाद उत्कर्षमा पुगेको अबस्थामा बाहिर भने पार्टी नै फुट्ने सम्मको आकलन गर्न थालेका थिए भने नेता तथा कार्यकर्तामा निरासा छाएका थिए ।
यसअधि गौतमलाई राष्ट्रिय सभा सदस्यमा पठाउने पार्टीको सिफारिस आफूलाई अमान्य हुने प्रधनमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताएपछि विवाद चुलिएको थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपालले उपाय सुझाएपछि उनकै पहलमा पार्टीको विवाद साम्य भएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा गत बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । राजधानी दैनिकमा खबर छ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।