सचिवालय सदस्यहरूको स्पष्ट सन्देश कि पार्टी निर्णय मान्नुस् कि सरकार छोड्नुस

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  813 पटक हेरिएको

काठमाण्डौँ, फागुन १६ ।

नेकपाको बिबाद थप उत्कर्षमा पुग्ने निश्चित छ । आज बिहान नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निबास खुमलटारमा बसेको नेकपाका ओली बाहेकका शिर्ष नेताहरुको गोप्य भेला सकिएको छ । भेलाले सचिवालयले गरेको हरेक निर्णय प्रधानमन्त्रि तथा अर्का अध्यक्ष ओलीले मान्नै पर्ने निर्णय निकाल्दै नमाने कडा कदम चाल्ने साङ्केतिक चेतावनी दिएका छन । नेकपा उच्च स्रोतका अनुसार नेकपाका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सिफारिश गर्ने पार्टीको निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्ने निष्कर्षमा सचिवालय सदस्यहरू पुगेको खुलासा भएको छ ।

उच्च स्रोतका सूचनाअनुसार सचिवालय सदस्यहरूले प्रधानमन्त्री ओलीलाई स्पष्ट भाषामा दुई सन्देश पठाएका छन्, ‘या त पार्टीको निर्णय मान्नुस्, या पार्टीलाई निर्णय कार्यान्वयन गर्न मार्ग प्रशस्त गर्नुस् ।’ गएको बुधवार बसेको पार्टी सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यका लागि उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिश गर्न सरकारलाई अनुरोध गर्ने सर्वसम्मत निर्णय गरेको थियो । उक्त निर्णयमा प्रधानमन्त्री ओलीले समेत सहमति जनाएका थिए ।  

तर, निर्णय भएको एक घण्टा बित्न नपाउँदै ओलीले पार्टीका शीर्ष नेताहरूलाई फोन गरेर वामदेवको नाम सिफारिश नगर्ने र उनको सट्टा हालका अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने गरी राष्ट्रपतिसमक्ष खतिवडाकै नाम सिफारिश गर्न लागेको सुनाएका थिए । त्यसो गर्दा आइपर्ने चुनौतीको सामना गर्न आफू तयार रहेको समेत प्रधामन्त्रीको घुर्की थियो ।

त्यसयता पार्टी र प्रधानमन्त्रीबीचको विवाद उत्कर्षमा पुगेको छ । ओलीबाहेक सचिवालय सदस्य पार्टीको निर्णयमा अडिग छन् भने ओलीले खतिवडाका पक्षमा अडान छाडेका छैनन् । यता बामदेब गौतम भने जसरी नि प्रधानमन्त्रि बन्ने एकोहोरो रटानमा छन भने प्रधानमन्त्रि ओली सरकार कै नेतृत्व त्याग्नुपर्ने हो कि भन्ने त्रासमा छन । बामदेबलाई प्रधानमन्त्रि बनाउने उद्देश्यका साथ संबिधान संसोधनका लागि कार्यदल गठन गरेका नेकपाले जनता र पार्टी भित्रैबाट बिरोधका स्वरहरु आएपछि एकाएक पछि हटेर बामदेबलाई तत्काललाई शान्त पार्नको लागि राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेका थिए ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार