

काठमाडौं, फागुन १६ ।

चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण आज बिश्व त्रसित रहेको छ । ब्यापार ब्यबसाय सब चौपट भएको छ भने बिश्वको आर्थिक ब्यवस्थामा समेत ठुलो असर पुर्याएको छ । बिदेशको यात्रा गरिरहेको छ भने पनि एक पटक सोच्न पर्ने अबस्था आएको छ । कति पय देशमा हवाई यात्रा समेत प्रतिबन्द लगाएको छ । हालसम्म ५२ वटा देशले दक्षिण कोरियाबाट आफ्नो देशमा यात्रा प्रतिबन्ध गरेका छन् ।
कोरियाको विदेश विभागले ५२ वटा देशले यात्रामा निषेध गरेको जानकारी दिएको कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्वका २७ प्रतिशत देशले जसमा एसिया भ्रमण गरेका यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको छ । साउदी अरब,प्यालेष्टाइन,जमैका लगायतका देशले दक्षिण कोरियाबाट आउने प्रवेशमा रोक लगाइएको छ ।

विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भोलिबाट सात वटै प्रदेशमा सात वटा टोली खटाउने जानकारी दिनुभयो। स्वास्थ्य सेवा विभागले कोरोना नियन्त्रणका लागि आफ्नो ध्यान केन्द्रित गरेको छ, प्रतिबन्ध संक्रमण नियन्त्रणको प्रभावकारी उपाय भएपनि खाद्यान्न लगायत धेरै कुरामा नेपाल परनिर्भर रहेकाले यसले झन समस्या निम्त्याउने बताउनुभयो
प्रवेश रोक नलागाएका देशहरुले दक्षिण कोरियाबाट भ्रमण गरेकाहरुलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेको छ । दक्षिण कोरियामा २ हजार भन्दा बढि संक्रमण देखिएको छ । यसैबीच नेपालले प्रतिवन्धको बारेमा अहिलेसम्म केही निर्णय गरेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले नेपाल प्रतिबन्ध लगाउने अवस्थामा नरहेको र विमानस्थलको क्वारेन्टाइनलाई अझ प्रभावकारी बनाउने काम भइरहेको बताउनुभयो । उहाँले प्रभावित देशबाट आएका नागरिकलाई घरमै क्वारेन्टाइनको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।
कोरोना भाईरसका कारण जापानमा शैक्षिक संस्था बन्द गर्न प्रधानमन्त्रि आबेसानको निर्देशन

