चीनमा पछिल्लो २४ घण्टामा ५२ जनाको निधन, इटलीमा मर्नेको संख्या ११ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  766 पटक हेरिएको

काठमांडौ, फागुन १५ ।

चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस हाल बिश्वको ४५ राष्ट्रमा देखा परेको छ । बिभिन्न देशमा नोबेल कोरोना भाईरस तिब्र गतिमा फैलिरहेको छ । हालसम्म चीन बाहेकका ४४ देशमा गरी ३१७३ जनामा कोरोना भाईरसको संक्रमण रहेको पुष्टि भएको छ । चीनमा भने हिजो मात्र ४०६ जना नया संक्रमित पुष्टि भएको छ भने ५२ जनाको निधन भएको छ । हालसम्म चीनमा कोरोना भाईरसका कारण मर्नेको संख्या २७ सय १५ पुगेको छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमण अमेरिकन देशमा पनि तिब्र रूपमा फैलिएको छ । पछिल्लो समय चीन पछी इटलीमा कोरोना भाईरसको कारण ज्यान गुमाउने संख्या धेरै रहेको छ । इटलीमा हालसम्म ४०० जनामा कोरोना भाईरस संक्रमित रहेको पुष्टि भएको छ भने ११ जनाको ज्यान गईसकेको छ । इटली सरकारले उत्तरी क्षेत्रको ११ शहर तथा बस्तीहरूमा नागरिकहरूलाई आवतजावतमा रोक लगाएको छ ।

कोरोना भाईरसको संक्रमण ल्याटिन अमेरिका ब्राजिलमा समेत देखा परेको छ । ब्राजिलका नागरिक व्यापारको सिलसिलामा उत्तरी इटली भ्रमण गरी फर्केको जनाएको छ । निज शुक्रबारमात्र ब्राजिल फर्केको र स्वास्थ्यमा सामान्य रूघाखोकि लागेपछी स्वास्थ्यजाँच गराउदा कोरोना संक्रमण रहेको पुष्टि भएको जनाएको छ । निजसंगै इटलीबाट आएका ७०० पर्यटकलाई समेत अहिले क्वारेनटाईन राखीएको एनएचके जापानले जनाएको छ ।

त्यस्तै अल्जेरियामा पनि एक जनामा करोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । ति व्यक्तिपनि यही महीना इटली भ्रमण गरी फर्केको जनाएको छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमण चीनमा कम भएपनि अन्य देशमा भने यसले महामारीको रूप लिदै गएको छ ।

जापानमा कोरोना भाईरसका कारण मर्नेको संख्या ५ पुग्यो, शैक्षिकसंस्था बन्द

जापानमा कोरोना भाईरसका कारण मर्नेको संख्या ५ पुगेको छ । योकोहामा स्थित तटमा क्वारेनटाइनमा राखीएको डायमंड प्रिंस नामक पानी जहाजमा रहेका ३७ सय ११ यात्रु मध्य ७ सय ९ जनामा कोरोना भाईरस संक्रमित रहेको छ भने हालसम्म उक्त पानीजहाजमा रहेका यात्रु मध्य ४ जनाको निधन भईसकेको जापान स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । जापानको योकोहामा पछी कोरोना भाईरसको संक्रमण टोक्यो र होक्काईदोमा बढ़ी देखीएको छ ।होक्काईदोमा हालसम्म ३० जनालाई कोरोना भाईरसको संक्रमण रहेको पुष्टि भएको छ भने एक जनाको निधन भईसकेको छ । होक्काईदोमा कोरोना भाईरसको संक्रमण तिव्र रूपमा बढ़ेपछी त्यहाका शैक्षिकसंस्थाहरु बन्द गरीएको छ ।

यस्तै जापानको ओकीनावा, फुकुओका, कुमामोतो, ओसाका, क्योटो, वाकायामा, इशिकावा, नारा, मिए, आईचि, कानागावा, चोबा, साईतामा, टोचिगी र होक्काईदोमा कोरोना भाईरसको संक्रमण रहेको जापान सरकारले जनाएको छ । कोरोना भाईरसका कारण जापानको जनजीवन थप कष्टकर बनेको छ । जापानको फुकुओकामा पनि शैक्षिकसंस्थाहरू बन्द हुन थालेको छ । फुकुओकाको ओहासीमा रहेको कम्युटर बिजीनेस कलेज र तेनजिङमा रहेको कम्प्यूटर इंजीनियरिंग कलेज हिजो बुधबार २६ तारिकबाट मार्च ११ तारिकसम्मको लागी बन्द गरीएको छ । फुकुओकाको हाकता स्थित सपिङसेण्टरमा पनि कार्यरत एक व्यक्तिमा कोरोना भाईरसको आशंकामा बन्द गरीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार