
जापान, फागुन १६ ।

एनआरएन जापान कान्साइ क्षेत्रिय समितिले जापानव्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ।जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदान गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको हो।
प्राप्त कविताहरु मध्येबाट उत्कृष्ट ३ जना कविलाई एनआरएन कान्साइले जनही क्रमश ५०,००० यन ३०,००० यन र २०,००० यन सहित प्रमाणपत्रले सम्मान गरिने एनआरएन कान्साईका संयोजक कृष्ण शर्मा गैरे ले जानकारि गराउनु भयो।जापानमा रहेर कवितामा कलम चलाउनुहुने सम्पूर्ण श्रस्टा हरुलाई अन्तिम मिति २८,मार्च २०२१ भित्र तल दीइएको ईमेल ठेगानामा कविता पठाइ सहभागिताको लागि हार्दिक अनुरोध गरिएको छ।
ओशाकामा अन्तराष्ट्रिय स्तरको वृहत साहित्यीक भेटघाट गर्ने योजना रहेको भएता पनि कोरोनाले त्यो सम्भव नदेखिएकोले प्रविधिको उच्चतम सदुपयोग गर्दै अन्तराष्ट्रिय साहित्य समाज त्यसै गरि अन्तराष्ट्रिय साहित्य समाज जापान सँगको सल्लाह सहयोग परार्मश बाट जापान ब्यापी कविता प्रतियोगिता गर्न लागेको एनआरएन जापानको सल्लाहाकार समेत रहनु भएका कार्यक्रम संयोजक नरेन्द्र बस्नेत (दिनेश)ले जानकारि गराउनु भयो।
कबिताको शिर्षक र बिषयबस्तु स्वतन्त्र रहनेछ ।
जापानमा स्थायि/ अस्थायी बसोबास गरेका श्रष्टा हरू मात्र सहभागि हुन पाउनेछन।
कबिता बढिमा २०० शब्द सम्मको हुनु पर्नेछ।
कविता यो भन्दा अगाडि कतै प्रकाशित नभएको हुनुपर्नेछl
उत्कृष्ट १० मा छनोट भएका कबिहरुलाई अप्रिल ४ तारिक अनलाइन मार्फत कबिता बाचन गराइनेछ।
कबिता मार्च १ देखी २८ सम्म पठाइ सक्नुपर्नेछ।
राष्ट्रिय स्तरको प्रतियोगितामा बिजयी कबिले भाग लिन पाइने छैन।
कबिता पठाउनु पर्ने ठेगाना:
nrnkansaipoetry2021@gmail.com
अन्तिम मिति २८ मार्च २०२१
कविता पठाउदा आफ्नो फोन नम्बर र ठेगाना पनि पठाउनु हुन अनुरोध गरिन्छ।





2309 पटक हेरिएको 

















