चीनमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या २२ सय नाघ्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  843 पटक हेरिएको

चीन, फागुन ९ ।

चीनको वुहान क्षेत्रबाट महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरसले अहिले बिश्वका बिभिन्न देशमा मानिसहरूको ज्यान लिईसकेको छ । चीनमा कोभिड – १९ अर्थात कोरोना भाइरसकाे सङ्क्रमणबाट चीनमा मात्र ज्यान गुमाउनेको संख्या आजसम्म २ हजार २ सय ७६ पुगेको छ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा २ सय ७ जनाले ज्यान गुमाएकाे चिनिया संचार माध्यम सिन्हाले जनाएको छ । 

चीन बाहिर अहिलेसम्म ६ जनाले ज्यान गुमाईसकेका छन् । चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ हजार ६ सय पुगेको छ । चीन बाहिरका विभिन्न देशमा गरी एक हजारभन्दा धेरै मानिसमा संक्रमण भएको समाचार संस्था सीएनएनले जनाएको छ । 

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार