

चीन, फागुन ७ ।

कोरोना जीवाणुको महामारीको केन्द्रका रूपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मंगलबार कोरोना भाईरसका कारण मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको बताइएको छ । उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाइ छ ।
उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् । यही प्राणघातक जीवाणुका कारण वुहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् ।

यस अघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने वुहानकै नेत्ररोग विशेषज्ञ डा.ली वेनलियाङको मृत्यु भएको थियो । कोरोना भाईरसले बिश्वलाई त्रसित बनाईरहेको अवस्थामा उच्च पदस्थ डाक्टर कै निधन झन त्रास पैदा गरेको छ । बिश्वको बिभिन्न देशमा नोबेल कोरोना भाईरसको संक्रमितको संख्या दिन प्रति दिन बढ़ीरहेको छ । कोरोना भाईरसको संख्या उच्च हुनेमा जापान दोस्रो देश रहेको छ । हाल सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ६१५ पुगेको छ । जापानमा पनि कोरोना भाईरस कै संक्रमणबाट एक डाक्टरको निधन भईसकेको छ । जापान स्थित अस्पतालहरूमा बाह्य व्यक्तिको प्रवेशमा कडाई गरेको छ ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

