भक्तपुर क्वारेंटाइनमा परीक्षण गरिएकामध्ये सबैको नेगेटिभ, कोरोना भाईरस नरहेको पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  643 पटक हेरिएको

काठमांडौ, फागुन ७ ।

चीनबाट उद्दार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ । 

नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलवार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो । 

नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पाइएको छ । नेपाल सरकारले हाल चीनको कोरोना भाईरस प्रभाबित वुहानबाट उद्धार गरी ल्याईएका नेपालीहरूलाई क्वारेंटाइनमा राखी स्वास्थ्य परीक्षण गरीरहेको छ । नेपाल सरकारका स्वास्थ्यमन्त्रि प्रमुख जिल्ला अधिकारीको टिमले भक्तपुर कवरेण्टाईनको अनुगमन समेत गरिसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार