तामाङ्ग समाज क्युशुले मञ्जुश्री सम्वत २८६० सोनाम ल्होसार भब्यताका साथ मनाईयो (फोटो फिचर सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1056 पटक हेरिएको

जापान, फुकुओका फल्गुन ६ । 

जापानको फुकुओकामा नेपाल आदिबासी जनजाती महासंघमा आबद्ध एकल जातीय संस्था नेपाल तामाङ्ग समाज क्युशुले भब्यताका साथ मञ्जुश्री सम्वत २८६० तथा तामाङ्ग सोनाम ल्होसार पर्व मनाएका छन । हिजो फेबररी १७ तारिक तथा नेपाली फाल्गुन ५ गते बेलुकी ५ बजेबाट बेलुकी १० बजेसम्म समय निर्धारण गरी फुकुओका तेन्जिङ्ग स्टेशन नजिकको होटलमा मनाईएको तामाङ्ग सोनाम ल्होसारमा फुकुओकामा रहेका बिभिन्न संघसंस्थाहरुको उपस्थितिमा मनाईएको हो । तामाङ्ग समुदायको महान पर्वको रुपमा रहेको तामाङ्ग सोनाम ल्होसार बिश्वभरी फैलिएर रहेको तामाङ्ग समुदायले भब्यताका साथ बिभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाएको हो । जापानको फुकुओकामा पनि तामाङ्ग समुदायका ब्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको छ । बिगतका दिनका तामाङ्ग समाजको कार्यसमिति गठन गर्न समेत चुनौती रहेको तामाङ्ग समुदायको पछिल्लो समय भने फुकुओकामा तामाङ्ग समुदायको उल्लेख्य उपस्थिति रहेको र कार्यक्रम ब्यबस्थापन गर्न समेत चुनौती रहेको कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनए आईसिसिका युवा संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ क्युशुका सल्लाहकार समेत रहेका सुपेन्द्र घिसिङ्गले बताउनु भयो ।

नेपाल तामाङ्ग समाज क्युशुले गरेको कार्यक्रममा तामाङ्ग समाजका अध्यक्ष आशिष योञ्जनको अध्यक्षता र आईसिसि युवा संयोजक सुपेन्द्र घिसिङ्गको प्रमुख अतिथिमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा फुकुओका अवस्थित नेपाल आदिबासी जनजाती महासंघ क्युशु कार्यसमितिका अध्यक्ष तथा भिजन अनलाईन न्युजका संचालक समेत रहेका सन्तमान शाक्य, फुकुओका नेपाल सोसाईटिका अध्यक्ष ईन्द्र घले, नेपाल आदिबासी जनजाति महासंघ, क्युशु कार्यसमितिका संस्थापक अध्यक्ष बिष्णु तामाङ्ग, निवर्तमान अध्यक्ष तथा सल्लाहकार भिम बहादुर गुरुङ्ग, तामाङ्ग समाजका अग्रज ब्यत्तित्व चन्द्र बहादुर तामाङ्गको बिशिष्ट अतिथिमा सम्पन्न भएको हो ।

तामाङ्ग लसमुदायको महान पर्व मञ्जुश्री सम्वत तथा तामाङ्ग सोनाम ल्होसार मनाउनका लागि क्युशु क्षेत्रका बिभिन्न क्षेत्रबाट करिब २५० जना भन्दा बढीको संस्यामा उपस्थिति रहेको तामाङ्ग समाजका अध्यक्ष आशिष योञ्जनले भिजन अनलाईन न्युजलाई जानकारी दिनु भयो । कार्यक्रमको लागि तय गरिएको हलको क्षमता १५० मात्र रहेको र सहभागिताको संख्या उल्लेख्य रहेकोले यस वर्षको तामाङ्ग ल्होसार कार्यक्रम अपेक्षा गरेभन्दा सफल भए पनि कार्यक्रममा सहभागिताको संख्या बढी भएकोले अधिकांश ब्यक्तिहरु कार्यक्रम हल बाहिरबाट नै फर्किएकोले दुख लागेको कार्यक्रमका प्रमुख अतिथि तथा आईसिसि युवा संयोवक सुपेन्द्र घिसिण्द्दण्घले जानकारी गराउनु भयो । आगामी वर्षको ल्होसारलाई ब्यबस्थित र ठुलो हलमा गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि तथा फुकुओकामा १९८६ मा आउनुभएका तामाङ्ग समाजका अग्रज ब्यक्तित्व चन्द्र बहादुर तामाङ्गले पनि आफ्ना छोटो मन्तब्य राख्दै आफु जापानको फुकुओका आउदा जम्मा ६ जना मात्र नेपाली रहेको जनाउनु भएको थियो । फुकुओकामा आफुहरु आउदा नेपालीहरुको उपस्थिति नगन्य रहेको र जापनीजहरुले हाम्रो पुर्खा पनि नेपाली रहेको बताउने गरेको समेत बताउनु भयो । हाम्रै सक्रियतामा फुकुओकामा फुकुओका नेपाल सोसाईटीको स्थापना गरेको समेत जानकारी गराउनु भयो । कार्यक्रममा उपस्थित तामाङ्ग समुदायका सहभागिताहरु फुकुओका बाहिरबाट समेत आएकोले फर्कन ढिला हुने भएकोले अतिथिहरुको मन्तब्यलाई छोट्याउदै तामाङ्ग सेलो नेपाली चर्चित गितहरुमा नृत्य गर्दै रमाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार