मुकुलको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा: कृष्ण बहादुर महरा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1020 पटक हेरिएको

काठमाडौं, फागुन ५ ।

पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताएका छन् । उनी अदालतको फैसलापछि सोमबार रिहा भए, रिहा भएको केही समय पछी एक प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै सम्पूर्णलाई धन्यबाद दिएका छन । महरा ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसेका थिए ।

“म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु,” विज्ञप्ति जारी गर्दै महराले भनेका छन् । महराले सार्बजनिक गरेको बिज्ञप्तिको अन्तिम अंशमा उल्लेख गरेको वाक्यांशलाई आधार मान्ने हो भने नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रताको रक्षाको लागी अडिग हुदा सडयन्त्र पूर्ण तरिकाले आफुलाई फसाईएको तर्क लगाउदा अतियुक्ति नहोला किनकि आरोप लगाउने रोशनी स्वयंले मुद्दा मैले तयार गरेको होईन, मलाई मुद्दा हाल्न लगाईयो बारम्बार भनेका छन । महरा जेल गईसकेपछी पनि बारम्बार मुद्दा खारेजी गरी पाऊँ भनि अदालतमा निवेदन पनि दर्ता गरियो तर कसैले सुनेन ।

महराका मुद्दा हेर्ने निजी वकिलले समेत ठुलो डीजाईनमा महरालाई फसाईएको अभिव्यक्ति दिई सकेको अबस्था छ । महरा जेलबाट छुटनु एता प्रधानमन्त्रिले बारम्बार मलाई डर छ भन्नु कतै सम्बन्धित त छैन । प्रधानमन्त्रिलाई किन ? कोसंग छ त डर यो गम्भीर प्रश्न खडा भएको छ । एता प्रधानमन्त्रि डर छ भन्नु ऊता महराले राष्ट्रको स्वाधीनताको लागि अडिग हुदा यो परिणाम भोग्नुपरेको आशय व्यक्त गर्नु संयोग मात्र पक्कै होईन । तर दुबैले स्पष्ट भने पारेको छैन आशंकाको घेरा अझ बाँकी छ ।

यस्तो छ महराले जारी गरेको विज्ञप्तिः

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,

अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।

एक देशभक्त नेपालीका रुपमा मुकुलको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।
धन्यवाद !

२०७६ फागुन ५

कृष्ण बहादुर महरा
प्रतिनिधि सभा सदस्य दाङ क्षेत्र न.२

बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार