सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  263 पटक हेरिएको

काठमाडौं, फागुन २ । 

सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । नेकपा एमाले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ । पछिल्लो समय नेपालको राजनिति एकाएक तातेको छ । सरकारले स्थानिय निकायको निर्वाचन घोषणा गरेसँगै सत्ता गठबन्धनलाई जसरी पनि बिभाजन गर्नुपर्ने नेकपा एमालेको रणनिति रहेको छ । नेकपा एमालेले हाल लगातार संसद बैठक अबरुद्ध गर्दै आईरहेको छ ।

नेकपा एमाले प्रधानन्यायाधिससँगको सहकार्यमा नेकपा एकिकृत समाजबादीका सांसदलाई गरेको कारबाहीलाई सर्बोच्चबाट सदर गराउन चाहान्छन भने सत्तारुढ गठबन्धन नेकपा एकिकृत समाजबादीलाई यथास्थितिमा निर्वाचनमा संलग्न गराउन चाहान्छन । नेकपा एमालेको चलाखी थाहा पाएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपाल प्रधानमन्त्रिको सहमतिमा त्यसलाई रोक्नको लागि प्रधानन्यायाधिसलाई महाअभियोग लगाउने निर्णयमा पुगेका हुन । सोही अनुरुप सर्बोच्चका प्रधानन्यायाधिस राणा बिरुद्ध हिजो सत्ता गठबन्धनको तर्फबाट महाअभियोग दर्ता गरिएको हो । यसको नतिजा भाबि दिनमा हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार