काठमाडौं, फागुन १ ।

सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रधान न्यायाधीश जबरा लोकतन्त्र र विधिको शासनको जगेर्ना गर्न अक्षम भएकाले उनीविरुद्ध महाअभियोग लगाउनुपर्ने उनीहरुको प्रस्ताव छ । यस अघि पनि सर्बोच्च अदालतका न्यायाधिसहरुले प्रधानन्यायधिसलाई हटाउनु पर्ने माग सहित आन्दोलन गर्दै आएका थिए ।
सर्बोच्चमा बिभिन्न माग राख्दै आन्दोलन गर्दै आएका न्यायधिसहरु प्रधानन्यायाधिसले आफैले मार्ग प्रसस्त गनर््पर्ने समेत जनाउदै आएका थिए । प्रधान न्यायाधिस बिरुद्ध पहिलो पटक पुर्व प्रधानन्यायाधिसहरुले समेत बिरोध गर्दै राजिनामा मागेका थिए । महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधा,निक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न उनी अक्षम रहेको आरोप लगाइएको छ ।
यसैगरी सर्वोच्च अदालत लगायत न्यायापालिकाभित्र नै उनको कार्यकालमा अतिशय विकृति, विसंगती, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको महाअभियोग प्रस्तावमा उल्लेख छ ।
सत्ता गठबन्धकबाट पेश गरिएको महाअभियोग पत्र








403 पटक हेरिएको 
















