बाग्मती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाल नियुक्त, आजै सपथग्रहण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1191 पटक हेरिएको

काठमाडौं, माघ २९ ।

वामगती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन् । फुयाँलको आजै अपराह्न ४ बजे सपथ ग्रहण तय भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि यो मन्त्रालय मुख्यमन्त्रीसँगै थियो ।

प्रधानमन्त्री केपी ओलीसँग केही दिन अघि मुख्यमन्त्री पौडेलले भेटेर मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए ।

काठमाडौंको क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका फुयाँल नेकपा केन्द्रीय सदस्य तथा हाल प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुन् । फुयाँल ०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा पनि विजयी भएका थिए ।

२०५४ मा काठमाडौंको जिल्ला विकास समिति उपसभापति बनिसकेका फुयाँल साविक आलापोट गाविसको पूर्वअध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार