अमेरिका बिरुद्धको खेलमा नेपाललाई लगातार सफलता, सुशनले लिए पाँचौ विकेट

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1155 पटक हेरिएको

काठमाडौं, माघ २९ ।

आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सुशन भारीले पाँचौ विकेट लिएका छन् ।

नेपालका लागि नवौं ओभर बलिङ गर्न आएका उनले ओभरको दोस्रो बलमा अरोन जोनेसलाई बोल्ड आउट गराएका हुन् । यसअघि नेपालका लागि सन्दीप लामिछानेले नेपालका लागि एकै ओभरमा दुई विकेट लिएका थिए ।

नेपालका लागि खेलको आठौं ओभर बलिङ गर्न आएका सन्दीपले ओभरको दोस्रो र पाँचौ बलमा दुई विकेट लिएका हुन् । सन्दीपले ओभरको दोस्रो बलमा मोनाक पटेललाई आउट गराएका हुन् । उनले मोनाकलाई ४ रनमा बोल्ड आउट गराएका हुन् ।

त्यस्तै सोही ओभरको पाँचौं बलमा पनि निसरक पटेललाई दुई रनमा बोल्ड आउट गराएका हुन् । नेपालका लागि सुशन भारीले दोस्रो विकेट लिएका थिए । नेपालका लागि सातौं ओभर बलिङ गरेका उनले ओभरको पहिलो बलमा नै विकेट लिएका थिए । सुशनले जेभिएर मार्सेललाई १६ रनमा क्याच आउट गराएका हुन् । नेपालका लागि सन्दीप लामिछानेले पलिलो सफलता दिलाएका थिए ।

खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले आयन होल्याण्डलाई आउट गराएका थिए । उनले होल्याण्डलाई क्याच आउट गराए । ९ ओभरको खेल सकिँदा अमेरिकाले पाँच विकेट गुमाएर ३० रन बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार