रास्वपा सरकारबाट बहिरियो तर सरकारलाई दिएको समर्थन भने कायम नै रहने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  374 पटक हेरिएको

काठमाडौं, माघ २२ ।   

नयाँ सरकार गठनको समयमा भएको सहमति कार्यान्वयन नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिवार र आइतबार निरन्तर बेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने, तर सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो । बैठकपछि सभापति रवि लामिछानेले पनि डेलिभरी गर्ने मन्त्रालय नपाएपछि सरकार छाड्ने निर्णय गरेको बताए ।

‘सरकारमा जाने म्याण्डेट पाएका थिएनौं तर सरकार गठनकोलागि कुनै पनी दललाई स्पष्ट बहुमत नआएकोले सरकारमा सहभागी भएको समेत स्पष्ट पारे । तर गृह, श्रम तथा रोजगार जस्ता काम गर्ने मन्त्रालय पाएपछि गएका हौं’, उनले भने । रास्वपाबाट लामिछाने उपप्रधानमन्त्री तथा गृह, डीपी अर्याल श्रम, शिखिर खनाल शिक्षामन्त्री भएका थिए भने डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी थिइन् ।

तर नागरिकता विवादमा सर्वोच्च अदालतले १३ माघमा सांसद पद खारेज गरेसँगै रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री पदबाट पदमुक्त भएका थिए । दुई दिनपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री फर्किन चाहे । आफू प्रक्रियागत कारणले मात्र पदमुक्त भएकाले फेरि गृहमन्त्रीमा फर्किन चाहेको रविले बताएका छन् । उनले भने, ‘राखिहाल्छ कि भन्ने आश थियो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको आज बेसको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पश्चात गरेको पत्रकार सम्मेलनमा नेपाली पत्रकार जगत नै रबी लामीछानेलाई सुध्याऊन लागि परेको गुनासो गरे । मिडिया क्षेत्र पछील्लो समय नेता, व्यापारी र उद्योग धनीहरुलाई धमक्याएर पैसा असुल्ले धन्दामा लगेको समेत बताएको तिनैदलाली मिडियाका मुख्यतय १२ भाई नैरबी लामीछानेलाई सिध्याऊन हात धोएर लागेको समेत आरोप लगाए । निजले गरेको पत्रकार सम्मेलनमा सरकारबाट बाहिरीनु परेको र प्रमुखत गृह मन्त्रालय नपाऊनुको पीड़ादाएक मिश्रित आक्रोश समेत प्रस्तुत भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार