ड्युटीमै बेहोस भएका बाराका सशस्त्र प्रहरी निरीक्षकको काठमाण्डौँ लैजादै गर्दा बाटैमा निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  279 पटक हेरिएको

बारा, माघ २३ ।  

दुई नम्बर प्रदेश स्थित बारा जिल्लाको बोर्डर आउटपोष्टमा ड्युटीमै अचानक बेहोस भई ढलेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४५ वर्षीय नारायणसिंह ऐरको मृत्यु भएको हो। उनी दार्चुला जिल्लाको लेकम गाउँपालिका-३ का हुन्।

सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेशका अनुसार बिहीबार दिउँसो उनी आमहड्तालमा ड्युटीमा खटिएका थिए। हिँड्दाहिँड्दै उनी अचानक बेहोस भएका थिए। डिआइजी चन्द्रप्रकाश गौतमका अनुसार उनलाई तत्कालै कलैया अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगियो।

‘त्यहाँ पनि उपचार नहुने अवस्था आएपछि हेलिकप्टरमा काठमाडौं लैजाने तयारी गर्दैगर्दा उहाँको मृत्यु भयो,’ गौतमले भने। ऐरलाई हृदयाघात भएको डाक्टरले बताएका थिए। उनको शव आफन्तलाई बुझाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार