काठमाण्डौँबाट अनलाईनमा जुवा खेल्ने ७४ जना प्रहरीद्धारा पक्राउ, ६ लाख बढी नगद बरामद

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  451 पटक हेरिएको

काठमाडौं, माघ १७ ।  

काठमाडौंमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन जुवामा संलग्न ७४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आइतबार साँझ ७ बजे काठमाडौं महानगरपालिका–६ बौद्धस्थित प्लटिङ नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो।

कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा दोलखा घर भई हाल बानेश्वर बस्ने सुभाष घिसिङको रेष्टुरेन्टमा ठूलो संख्यामा भेला भई अनलाइन बिङ्गो खेलाइरहेको पाईएपछि त्यहाँ पुगेको प्रहरी टोलीले सबैलाई नियन्त्रणमा लिएको हो । त्यहाँबाट प्रहरीले ६६ जना पुरूष र आठ जना महिलालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले छापा मारेको ठाउँबाट खेल्न प्रयोग हुने बिङ्गोको कुपन र नगद बरामद गरेको छ। उनीहरूबाट प्रहरीले ६ लाख १९ हजार २५० रुपैयाँ बरामद गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार