नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटा को हुन ?

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1576 पटक हेरिएको

काठमाण्डौँ, माघ १२ ।

नेकपाबाट सभामुखका लागि उमेदवार बनाइएका अग्नि सापकोटा सिन्धुपाल्चोकबाट ३ पटकसम्म निर्वाचित सांसद हुन। उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

२०७४ सालको निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित भएका हुन्। २०३५ सालमा नेकपा (चौम) बाट राजनीति सुरु गरेका हुन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका सापकोटा १५ वर्षसम्म शिक्षक भएका थिए।

नेकपाको स्थायी समिति सदस्य रहेका ६२ वर्षिय सापकोटा यसअघि दुई पटक मन्त्री भइसकेका छन्। २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री बनेका थिए भने २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा वन मन्त्री बनेका थिए।

२०५१ असोजमा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बनेका सापकोटा २०५२ माघदेखि भूमिगत भएका थिए। सापकोटा २०५८ सालमा तत्कालीन नेकपा माओवादीको तर्फबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीका सदस्य समेत रहेका थिए। दश बर्षे जनयुद्दमा होमीएका नेता सापकोटाले आफ़ना परिवारका सदस्यहरू समेत तत्कालीन राज्य पक्षबाट मारिएका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुनुभन्दा पहिला पनि उनी माओवादी केन्द्रका स्थायी समिति सदस्य थिए। सापकोटा जनयुद्धकाल देखि नै प्रचण्डको निकट भएर काम गरेका नेता हुन्। सालिन स्वभाबका नेता सपकोटा नेपाल कम्युनिष्ट पार्टी माओबादी र नेकपा एमाले पार्टी एकतामा सकारात्मक भूमिका खेलेका थिए । नेकपा भित्र दुई अध्यक्षको मन जित्दै संसदको गरिमामय पद सभामुख बन्न सफल भएका हुन ।

जनयुद्दका तस्वीरमा अग्नि प्रसाद सापकोटा(सभामुख)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार