चीन सरकारले दिएको २० लाख डोज सिरिन्ज आज नेपाल आइपुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  342 पटक हेरिएको

काठमाडौं, माघ ८ ।  

नेपालमा कोरोनाको नया भेरीयन्ट संगै अन्य संक्रमणको संख्या पनि दिन प्रति दिन तिब्र रूपमा बढ़ीरहेको छ । सरकारले कोरोना संक्रमण नियंत्रणको लागि भन्दै उपत्यकामा समूहमा भेला हुन नपाउने, यातायातको साधनमा जोर बिजोर नम्बर अनुसार यातायातको साधन चलाउन पाउने जस्ता व्यवस्थाहरु लागु गरेको छ । यस्तै बाक़ी जनतालाई कोरोना खोप लगाउनको लागि चीन सरकारले दिएको २० लाख सिरिन्ज नेपाल आएपुगेको छ । आज आइपुगेको उक्त सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूताबासले जनाएको छ ।

महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको दूताबासले जनाएको छ । साथै नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न तयार रहेको दूताबासले जनाएको छ । यसअघि नेपाल सरकारले ४० लाख डोज खोप चीनबाट किनेको थियो भने १८ लाख डोज खोप अनुदानमा पाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार