संसदलाई सम्बोधन गर्दै भाबुक हुदै उपसभामुखले लिए राजिनामा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  706 पटक हेरिएको

काठमाडौं, माघ ६ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले अन्ततः आफ्नो पदबाट राजनीमा दिएकी छिन् । सोमबार दिउँसो बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उपसभामुखको हैसियसले बैठक सञ्चालन गरेकी उनले संक्षिप्त सम्बोधन गर्दै राजीनामा दिएर सभामुख चयनको मार्गप्रशस्त गर्ने बताएकी हुन् । पार्टीले सभामुखको उम्मेद्वार चयन गरेपछि मात्रै आफुले राजीनामा दिने बताउदै उनले सभामुख चयन भइसकेको अवस्थामा आफुले मार्गप्रसस्त गर्ने बताइन् । संबोधनमा क्रममा उनले कसैले आफ्नो धरातल भूल्न नहुने तर्क गरिन् । 

उनले “सभामुख चयनको ठोस आधार प्रस्तुत भएपछि राजीनामा दिने कुरा अभिलेखित गराउन” सम्बोधन गरेको उल्लेख गरेकी छिन् । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीबाट अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको अबस्थालाई ध्यानमा राख्दै राजिनामा गरेकी हून । तुम्बाहाम्फेको पाँच वर्षको कार्यअवधि भएपनि सभामुख र उपसभामुख एउटै दलबाट हुन नहुने संवैधानिक प्रावधानका कारण उनले राजीनामा दिनु पर्ने अवस्था आएका हो ।

प्रतिनिधि सभालाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले भनिन्, एउटा महिला, एकल अवस्थामा रहेको, जनजाति पृष्ठभूमिको व्यक्तिलाई उपसभामुख बन्न दिएकोमा धन्यवाद व्यक्त गरिन् । “लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णयहरू जनताको सुक्ष्म निगरानीमा हुने गर्छ ।” “दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहोदामा रहुञ्जेल सम्बन्धित व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ ।” नेकपाबाट समानुपातिक सांसद् बनेकी उनी उपसभामुख निर्वाचित भएकी थिइन् । उपसभामुखबाट राजिनामा दिएका तुम्बाहाम्बेलाई मन्त्रि बनाउने चर्चा छ ।

यस्तो छ उनको राजीनामा पत्रको व्यहोरा :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार