संसद विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको प्रचण्डको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  395 पटक हेरिएको

काठमाडौं, माघ ६ ।  

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्‍हाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुनस्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ’ उनले भने ।

आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको प्रचण्डले बताए । उनले अघि भने, ‘विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेका छौं ।’ संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको समेत प्रचण्डले बताए ।

संविधानसभा जनताको आन्दोलनबाट आएको र यसको रक्षाका लागि अब जनतामै जाने उनले बताए । प्रचण्डले भने, ‘मैले त बुझेको छु, अब केपीको हातमा केही छैन । जुन दिन उहाँले संसद भंग गर्न सिफारिस गर्नुभयो, त्यो दिनबाट उहाँको हातमा केही छैन, अब अन्तै छ चिजहरु ।’ पछिल्लो समय पुन नेकपाका अध्यक्ष खड्क प्रसाद ओलिसँग स्पष्टिकरण मागेका प्रचण्ड–माधब समुहले साधारण सदस्य समेत नरहने गरि कारबाही गर्ने समेत जनाएको थियो । ओलि सच्चिएमा पार्टी अझ एक हुन सक्ने समेत जनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार