शाकाहारी आन्दोलनले भएन, आवेग र आक्रामक रुपमा आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई अध्यक्ष प्रचण्डको निर्देशन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  588 पटक हेरिएको

काठमाडौं, माघ ४ ।  

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक रुपमा आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आफू सम्वद्ध अनेरास्ववियूको उपत्यका भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओली र उनका मानिसहरुले सेटिङ भइसकेको छ भन्दै हिँडेकाले गर्जिनुपर्ने बेला आएको बताए । ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो ।

बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्‍यो ताकि प्रतिक्रान्तिकारीहरुको मुटु हल्लियोस्’ उनले अघि भने, ‘अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन ।’ संसद विघटनविरुद्ध जनमत रहेको तर, आन्दोलनको स्वीच दबाउने काम युवा विद्यार्थीहरुको भएको बताए । आन्दोलनको अग्रपंक्तिमा आफूसहितका शिर्ष नेताहरु रहने भन्दै प्रचण्डले भने, ‘टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ समेत बताएका थिए ।’

आन्दोलनकारीको रक्षाका लागि आफ्नो टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए । नेपाललाई प्रतिगमनतिर लगेर फाइदा उठाउने कुनै शक्तिले सोचेको छ भने त्योे भ्रम हो’ उनले भने । नेकपा अध्यक्ष प्रचण्डको उक्त अभिब्यक्तिले नेपाल पुनः द्धन्द बढ्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार