भारत सरकारले जारी गरेको नक्साप्रति राजनितिक दलहरुको आपत्ति

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  592 पटक हेरिएको

काठमाडौं, कार्तिक २०।

हालै भारत सरकारले जारी गरेको नयाँ नक्सा प्रति नेपाल लगायत छिमेकी राष्ट्रहरुको असमझदारी तथा उक्त नक्सा प्रति आपत्ति जनाउदै बिभिन्न राजनितिक दलहरुले बिरोध गरेका छन । नेपाली कांग्रेसले पनि दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपीशर्मा ओलीलाई मेन्सन गर्दै ध्यानकर्षण भएको ट्विट गरेका हुन् ।

उनले लेखेका छन्, “कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् । नेपाली माटोकाबारे कहिँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ ! “नयाँ दिल्लीले जारी गरेको नयाँ नक्समा लिपुलेक भारतमा पारिएको बताइएको छ । तर, नेपाल सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन ।

त्यस्तै राप्रपाका अध्यक्ष कमल थापाले पनि भारतको हेपाहा प्रबृतिप्रति आक्रोश ब्यक्त गर्दै उक्त नक्साको बिरोध गरेका छन । कमल थापाले पनि सामाजिक संजाल टृवीटरमा आफ्नो भनाई राख्दै बिरोध गरेका हुन ।

कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ।यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न @PM_Nepal को ध्यान आकर्षित गर्दछु – अध्यक्ष कमल थापा

नेकपाका नेता भीम रावलले पनि उक्त नक्साको बिरोध गर्दै तत्काल नेकपाको मिटिङ्ग बोलाई सो सम्बन्धमा आधिकारिक धारणा बनाई सरकारको ध्यानाकर्षण हुनु पर्ने बताएका छन ।

पाकिस्तानले पनि भारतले जारी गरेको नयाँ नक्सामा अस्वीकार्य भएको भन्दै आपत्ति जनाएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार