शेर्पा संघ दक्षिण कोरियाले ग्याल्बो ल्होसारको अवसरमा विश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिता आयोजना गर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  178 पटक हेरिएको

दक्षिण कोरिया, माघ २ ।

दक्षिण कोरिया,(हिमाली संदेश), शेर्पा संघ दक्षिण कोरियाले तग ल्हो २१४९औ ग्याल्बो ल्होसारको अवसरमा विश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। शेर्पाहरूको कला र प्रतिभालाई प्रोत्साहन गर्ने, भेषभुषा, भाषा, संस्कार, सांस्कृति, संरक्षण गर्ने उद्देश्यले विश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिता आयोजना गरेको संस्थाका सास्कृतिक बिभाग प्रमुख आङ ङिमा शेर्पा हिमाली सन्देशलाई बताउनु भयो।

शेर्पाको अनुसार, प्रतियोगितामा शेर्पा समुदायकाे जुनसुकै उमेर समुहले नि:शुल्क सहभागीता जनाउन सक्नेछन्। विश्वव्यापी प्रतियोगिता भएकोले संसारको जुनसुकै ठाउँमा रहेका शेर्पा भाषीले पनि प्रतियोगितामा भाग लिन सक्नेछन्। प्रतियोगितामा भाग लिनका लागि आफ्नो भिडियो आगामी २० फेब्रुवरी , २०२२ सम्ममा पठाउनुपर्नेछ ।

उत्कृष्ट प्रतियोगीहरुका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने नृत्य प्रतियोगीलाई नगद रु ३० हजार रुपैयाँ, द्वितीय स्थान हासिल गर्नेलै नगद रु २० हजार, तृतीय स्थान हासिल गर्नेलाई नगद रु १० हजार पुरास्कार प्रदान गरिनेछ साथै एक जना प्रतियोगीलाई उत्कृस्ट भेषाभुषा पुरास्कार सवरूप नगद रु १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरुले पालना गर्नुपर्ने नियमहरु :

1)यस प्रतियोगितामा शेर्पा समुदायकाे जुनसुकै उमेर समुहले नि:शुल्क सहभागीता जनाउन सक्नुहुनेछ।
2)नृत्य शेर्पा भाषाकाे गीतमा,माैलिक भेषभुषामा हुनुपर्नेछ।
3) नृत्य एकल हुनुपर्नेछ ।
4)भिडियो पठाँउदा आफ्नो नाम र ठेगाना खुलाउनु पर्नेछ ।
5)प्रतियोगितामा 2 देखि 3 मिनेट सम्मको भिडियोलाई समावेश गर्नेछ।
6)प्रतियोगितामा इडिट गरेकाे,अन्य कार्यक्रम र प्रतियोगितामा पाेष्ट भएकाे भिडियाेलाई मान्यता दिइनेछैन।
7)शेर्पा संघ दक्षिण काेरियाकाे फेसबुक पेजबाट पाेष्ट भएकाे भिडियो लाइक र भ्युजकाे आधारमा बिजेता ग्याल्पाे ल्हाेसार कार्यक्रमकाे अवसर पारेर 2022 फेब्रुअरी 27 तारिखमा हाम्राे पेज शेर्पा संघ दक्षिण काेरियाबाट प्रत्यक्ष प्रशारण मार्फत घाेषणा गरिनेछ।प्रतियोगितामा 1 लाइक र 1000 भ्युजलाई समान 1 भाेट मानिनेछ।
8)प्रतियोगिता लागि आवेदान फेब्रुअरी 1 तारिख देखि फेब्रुअरी 20 सम्म खुल्ला रहनेछ भने फेब्रुअरी 26 दक्षिण काेरियाकाे राती 10:00 PM बजे सम्मकाे लाइक र भ्युज गणना गरिनेछ।
9)उक्त भिडियोलाई whatsapp, viber नं 01030855526 अथवा
Email -Sherpangima08@gmail.com मार्फत पठाउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार