औद्योगिक ग्राम निर्माणको लागि उद्योग मन्त्रालयद्वारा ३२ स्थानीय तहलाई रकम हस्तान्तरण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  979 पटक हेरिएको

काठमाडौं, पुस २९ । 

स्थानीय तहमा औद्योगिक ग्राम उपलब्ध गराउनको लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा ३२ वटा स्थानीय तहलाई ९२ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको छ। नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६/७७ अनुसार स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्नको लागि मंगलबार पहिलो चरणमा ३२ स्थानीय तहलाई रकम उपलब्ध गराइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

सरकारले नीति तथा कार्यक्रममा चार वर्षभित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने उल्लेख गरेको छ। आव २०७६/७७ को स्वीकर्त वार्षिक कार्यक्रमा सातवटै प्रदेशमा १० वटाका दरले औद्योगिक ग्राम घोषणा गर्ने कार्यक्रम राखेको थियो। चालु आर्थिक वर्षको ६ महिनामा सरकारले ३२ स्थानीय तहलाई रकम उपलब्ध गराए पनि यही आर्थिक वर्षभित्र थप केही स्थानीय तहमा रकम उपलब्ध गराउने कार्यक्रम रहेको वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले जानकारी गराए। 

स्थानीय स्रोत साधन कच्चा पदार्थ प्रविधि र सीपको परिचालन गरी लागू घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्न औलोगिक ग्राम स्थापना गरिने उद्देश्‍यसहित यो कार्यक्रम संचालनमा ल्याउन थालिएको हो। औद्योगिक ग्राम सञ्चालनसम्बन्धी कार्यविधि २०७५ को आधारमा सरकारले यो रकम उपलब्ध गराएको हो। यो कार्यक्रमअन्तर्गत स्थानीय तह, प्रदेश र केन्द्र सरकारको लागत साझेदारी रहने छ। जसमा संघको ६० प्रतशित र प्रदेश तथा स्थानीय तहको ४० प्रतिशत लागत लाग्ने व्यवस्था गरिएको छ।

पहिलो चरणमा बितरण गरीएको स्थानीय तहहरू

प्रदेश सरकारले छनोट गरेर पठाएअनुसार सोमबार ३२ स्थानीय तहमध्ये उपलब्ध २८ स्थानीय तहका प्रतिनिधिसँग सम्झौता गरेर चेक उपलब्ध गराइएको हो। जसमध्ये :

प्रदेश – १

  • धरान उपमहानगरपालिका

प्रदेश – २ 

  • धनगढीमाई नगरपालिका
  • सबैला नगरपालिका
  • लाहन नगरपालिका 

प्रदेश – ३

  • भरतपुर महानगरपालिका
  • धुलिखेल नगरपालिका
  • थाहा नगरपालिका
  • पाँचखाल नगरपालिका
  • भीमेश्‍वर नगरपालिका

गण्डकी प्रदेश

  • वालिङ नगरपालिका
  • पुतलीबजार नगरपालिका
  • राइनास नगरपालिका
  • बाग्लुङ नगरपालिका
  • बिहादी गाउँपालिका
  • आँबुखैरेनी गाउँपालिका
  • सिरानचोक गाउँपालिका
  • ऋिसिङ गाउँपालिका
  • सहिदलखन गाउँपालिका
  • ताराखोला गाउँपालिका
  • अर्जुनचौपारी गाउँपालिका

प्रदेश – ५ 

  • तुलसीपुर उप-महानगरपालिका
  • सुनवल नगरपालिका
  • रामपुर नगरपालिका
  • सैनामैना नगरपालिका
  • तिलोत्तमा नगरपालिका
  • तानसेन नगरपालिका
  • खजुरा गाउँपालिका

कर्णाली प्रदेश

  • पञ्चपुरी नगरपालिका
  • त्रिपुरासुन्दरी नगरपालिका

सुदूरपश्‍चिम प्रदेश

  • पुनर्वास नगरपालिका
  • मेलौली नगरपालिका
  • बेलौरी नगरपालिका

स्थानीय तह र मन्त्रालयबीचको सम्झौता पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार