जापान, पुस२५ ।
जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको निधन भएको खबर सार्वजनिक भएको छ । विद्यार्थी भिषामा अध्ययनका लागि तिन बर्ष अधि जापानको फुकुओकाको साकुरा इन्टरनेशनल एकेडेमीमा जापानिज भाषा विद्यार्थीका रुपमा आएका नेपाल गोर्खा घर भएका बर्सिला थरका नेपाली विद्यार्थीको हत्या भएको हो ।
नेपाली राजदूतबास टोकियो र गैर आवासीय नेपाली संघ क्यूशु क्षेत्रीय कार्यसमितिबाट प्राप्त जानकारी अनुसार निज मृतक साथीहरूसंग मदिरापान गरी बसेको र सो बिचमा साथीहरूसंग सामान्य झगडा पनि भएको जनाएको छ । प्राप्त जानकारी अनुसार फुकुओकामा भएको उक्त घटनालाई शंकास्पदरूपमा लिईएको छ भने जापान प्रहरीले पनि घटना शंकास्पद रहेको भन्दै जापान प्रहरीले निजको साथीहरूलाई सोधपुछ गरी छाडेको र थप अनुसन्धनका लागि समय लाग्ने जानकारी दिएको बताएको छ ।
हत्याको आरोपमा थप दुई जना नेपाली यूवालाई पनि जापान प्रहरीले पक्राउ गरेपनि सामान्य सोधपुछ पछी छाडीएको समाचार प्राप्त भएको छ ।पक्राउ पर्नेमा सगै कोठामा बस्ने ढकाल थरका नेपाली युवा अर्का मगर थरका युवालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
विहिबार तिन जना साथिहरुसगै बसि सगै रात विताएका थिए । मध्यरातमा झगडा पस्चात हातपात भएको र पछी संगै सुतेर उठदा निज नउठेपछी एम्बुलेन्स बोलाएको तर एम्बुलेन्स आउदा निजको मृत्यु भईसकेको जनाएको छ ।
पोष्टमार्टम पछि मृत्यूको कारण स्पष्ट हुने बताउदै धटनाको जानकारी नेपालमा रहेको परिवारलाई जानकारी गराईको मृतक बर्सिला अध्ययन गर्ने विद्यालयले जानकारी दिएको छ ।