जसपाले देशभर ओली सरकारको असंबैधानिक कदम बिरुद्ध प्रदर्शन गर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  629 पटक हेरिएको

काठमाण्डौं, पुष २४ ।  

जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशभर प्रदर्शनको थप कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्रि के.पी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध सम्पुर्ण राजनितिक दल एकजुट हुनु पर्ने बताउदै पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले संयुक्त जनआन्दोलनको घोषणा गर्नुपर्ने सामाजिक संजाल ट्वीटरमा लेखेका छन ।

प्रधानमन्त्रिको असंबैधानिक कदम बिरुद्ध पुस २५ देखि माघ ७ सम्म जसपाले देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर आन्दोलनको घोषणा गरेका हुन् । पार्टीले सरकारका कदमविरूद्ध चरणवद्ध कार्यक्रम ल्याएको जसपाले उल्लेख गरेको छ।

पुस २५ गते विराटनगर, धनगढी र भैरहवामा कार्यक्रम हुनेछ। पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव विराटनगरमा हुने कार्यक्रममा सहभागी हुनेछन्। अर्का अध्यक्ष महन्थ ठाकुर भैरहवामा हुने कार्यक्रममा सहभागी हुने जसपाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार