समाजवादीले तोक्यो राष्ट्रियसभाका उम्मेदवार, उम्मेद्धार दर्ता गर्दै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  865 पटक हेरिएको

काठमाडौं, पुस २० ।

समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम तय गरेको छ । उम्मेदवारी मनोनयनको दिन आज सो पार्टीले नाम टुंगो लगाएको हो ।

पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार, प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ । त्यस्तै प्रदेश २ मा रामप्रित पासवना र अनिरुद्रसिंह यादव तथा प्रदेश ५ मा कृष्णप्रसाद यादव उम्मेदवार बनेका छन् ।

समाजवादीले राष्ट्रियसभामा निर्वाचनमा प्रदेश २ मा नेपाली कांग्रेससँग तालमेल गरेको छ । त्यहाँ नेकपा र राजपाबीच पनि चुनावी गठबन्धन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार