चर्चित गायक आनन्द कार्कीको स्वरमा रहेको “जिन्दगी अझै जिउने” गितबाट पुनः मोडलिङ्गमा आउदै तुलशा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  571 पटक हेरिएको

काठमाण्डौँ, पौष १९ । 

म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल तुलसा कटुवाल लामो समयको अन्तरालमा पुनः कलाकारिता क्षेत्रमा आएकी छिन् । ५ दर्जन म्युजिक भिडियोमा काम गरिसकेकि कलाकार तुलशा कटुवाल तिन बर्ष पछि पुनः कलाकारिता क्षेत्रमा फर्किएका हुन । गायिका देशु सुहाङ्गको तिज गितबाट कलाकारिता क्षेत्रमा प्रबेश गरेकी कलाकार तुलशा कटुवाल पुनः तिन बर्ष पछि चेतन खातीवाड़ा शब्द, आनन्द कार्कीको आवाज रहेको आधुनिक गित “जिन्दगी अझै जिउने” बोलको गितबाट पुनः कलाकारिता क्षेत्रमा फर्किएकी हुन ।  उक्त गितमा संगीत भने शक्ति बल्लबले भरेका हुन ।

यहि पौष १७ गते काठमाण्डौँको बिभिन्न स्थानमा छाँयाङ्कन गरिएको आधुनिक गित “जिन्दगी अझै जिउने आस लाग्ने गर्द जबजब तिमि मलाई खास लाग्ने गर्छ” गितको भिडियोबाट पुनः मोडलिङ्ग क्षेत्रमा आएकी हुन । बिगत ३ बर्ष देखी आफ्नो पारिवारिक कारणले कलाकारिता क्षेत्रबाट टाढा रहेकी मोडल तथा कलाकार तुलसा कटुवाल चर्चित गायक आनन्द कार्कीको आवाजमा रहेको गितबाट पुनः कलाकारिता क्षेत्रमा आएकी हुन । मोडल तुलशा कटुवालले लामो समयको संघर्ष पछि यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाऊन सफल भएकी छिन।

संखुवासभाको चैनपुरमा जन्मिएकी तुलसाले करिव ५ दर्जन भन्दा बढी म्युजिक भिडियोमा र दमन रुपाखेतिको हास्य टेलिसिरियल हाक्का हाक्की पक्का पक्किमा आफ्नो अभिनयकला देखाइसकेकी छिन् । विशेष गरी कला क्षेत्रमा विभिन्न विधाहरुमा आफूलाई ढाल्नु पर्छ भन्ने मान्यता राख्ने कटुवालले सोचाई जस्तै बिभिन्न खालका लोक, आधुनिक र पप गीतका म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन् ।

भर्खरै सुटिङ्ग सकिएको गितको म्युजिक भिडियो भने केही समय पछि रिलिज गर्ने तयारीमा रहेको उक्त गितको कलाकार समेत रहेका डाईरेक्टर देबराज आचार्यले जनाएका छन । हाल भिडियो सुटिङ्ग सकिएको र भिडियोको ईडिटिङ्गको काम भैरहेकोले केहि समय लाने बताएका हुन । उक्त गितको छायाङ्कन भने क्यामरामेन उद्धब ओलिले खिचेका हुन । उक्त नयाँ गितको भिडियो देब मिडिया नेपालको अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गर्ने तयारीमा रहेको समेत डाईरेक्टर देबराज आर्चायले जनाएको छ ।

सुटिङ्गका केहि तस्बिरहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार