बैदेशिक रोजगार बिभागको जानकारी मुलक लघु चलचित्र ‘धनिरामकाे उडान′ (भिडियाेसहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1888 पटक हेरिएको

काठमाडौँ, पुस १८ ।

पछिल्लो समय वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन क्रियाशील रहँदै आएको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको समस्या र त्यसका चुनौति लगायत विविध पाटो समेटेर लघु चलचित्र ‘धनिरामको उडान’ निर्माण गरेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको सो चलचित्रले वैदेशिक रोजगारीमा जानुपूर्व जान्नुपर्ने विषयदेखि विदेशमा रहँदा कसरी काम गर्ने भन्नेसम्मको सम्पूर्ण जानकारी दिएको छ ।

विभागका महानिर्देशक डा भीष्मकुमार भुसालको परिकल्पनामा निर्माण गरिएको सो लघु चलचित्रले सुरक्षित वैदेशिक रोजगारीलाई महत्व दिएको छ । यस्तै स्वदेशमै काम गरेर पनि सहजै जीवन निर्वाह गर्न सकिन्छ भन्ने पक्षलाई पनि उजागार गरिएको डा. भीष्मकुमार भुसालले बताउनु भएको छ । सीप सिकेर, सम्पूर्ण प्रक्रिया पूरा गरेर आवश्यक जानकारी तथा कागजात लिएर मात्रै वैदेशिक रोजगारीमा जान, विदेशमा कमाएको पैसा विलासी वस्तुको खरिदमा मात्र खर्च गर्न हुँदैन भन्ने सन्देश सो लघु चलचित्रले दिएको छ ।

यस्तै वैदेशिक रोजगारी पैसा कमाउन भन्दा पनि ज्ञान सीप हासिल गर्न तथा विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई नेपालमै लगाउनुपर्छ भन्ने विषयलाई पनि चलचित्रमा समेटिएको छ । यसैगरी वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन पछिल्लो समय सरकारले लिएको नीति, शून्य लागत लगायतका विषय पनि चलचित्रमा समाबेश गरिएका छन् । सो लघु चलचित्र विभागको स्थापना दिवसको अवसर पारेर बुधबार सार्वजनिक गरिएको हो ।

कर्मचारी क्षेत्रका एक कुशल र निष्टावान डा.भीष्म कुमार भुसाल सामाजिक मुल्य मान्यता र समसायीक घटनाक्रममा साहित्य तथा सांगितिक सृजनाहरुमा कलम चलाउदै आउनुभएको एक स्रष्टा समेत हुनु हुन्छ । उहाँले नेपाली सांगितिक क्षेत्रमा थुप्रै सृजनाहरु बजारमा ल्याएका छन । पछिल्लो समय नेपाल भूकम्पले ध्वस्त हुँदा समेत पुनर्निर्माणलाई सफल बनाउन सबैलाई जागरुग बनाउदैँ “अब उठ जाग तिमि कर्म बीर हौँ राष्ट्र पछि लाग” भन्ने राष्ट्रिय भाबले उत्प्रोत सांगितिक कोसेली बजारमा ल्याएका थिए ।

‘धनिरामकाे उडान’ लघुचलचित्र हेर्न भिडियोमा क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार