आजबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुल्ला

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  767 पटक हेरिएको

काठमाडौं, असोज १९ ।  

आजबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुल्ला भएको छ । यस अघि वैदेशिक रोजगार कार्यलयका कर्मचारीमा कोरोना देखिए पछि बन्द भएको सेवा पुनः सचारु हुन लागेको हो ।

प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएकाहरुलाई लक्षित गरेर सीमित मात्रामा सेवा दिईने वैदेशिक रोजगार कार्यलयले जनाएको छ ।

कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारदेखि बन्द भएको थियो। स्वदेशमा रोजगारीको अभाव भएका कारण पनि हजारौ युवाहरु वैदेशिक रोजगारीको पतिक्षामा महामारीकै समयमा पनि रहेको पाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार