पेट्रोलियम पदार्थको मुल्य बढ्यो, पेट्रोल प्रतिलिटर रु १०५ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1574 पटक हेरिएको

काठमाडौं, भदौ १ ।  

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढेको हो।

भारतीय आयल कर्पोरेसनले अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा इन्धनको मूल्य बढेको प्रवक्ता उपाध्यायले जानकारी दिए।

अब पेट्रोल १०५, डिजेल र मट्टीतेल ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले जानकारी गराए।

नेपाल आयल निगमको प्रेस बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार