
स्पेन, चैत २६ ।

नोबेल कोरोना भाईरस (COVID – 19) का स्पेन स्थित रहेका नेपालीहरु पनि आक्रान्त छन । स्पेनमा समस्यामा परेका नेपाली समुदायको लागी गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको आपतकालिन मूल सहयोग समिति एन आर एन ए स्पेनद्धारा राहत वितरण गरेको छ । उक्त महामारीबाट प्रत्यक्ष आफ्ठेरामा परेका नेपालीहरूको लागि हालसम्म ९९ जनालाई राहत वितरण गरीएको संघका महासचिब उमराज ढकालले जनाएको छ ।
बिश्व कोरोना भाइरसको (Covid19) महामारीबाट आक्रान्त छ। यस विषम विपतको घडीमा सर्वप्रथम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन तथा NOVEL CORONAVIRUS COVID – 19 आपतकालिन मूल सहयोग समिति सम्पूर्ण स्पेनबासी नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीमा सकुशलता को कामना एबम NOVEL CORONAVIRUS COVID – 19 को संक्रमणमा पर्नुभएका दाजुभाइ तथा दिदीबहिनीहरुको शिघ्र स्वास्थ्य लाभको शुभकामना ब्यक्त गर्दै आँफू र आफ्नो परिवारको स्वास्थमा विशेष संयमता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ।
हाल स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा गइरहेको अवस्था छ यसै अवस्थालाई मध्यनजर गर्दै स्पेन सरकारले रोकथाम तथा निराकरणको लागि आगामी अप्रिल २६ सम्मको लागि Lock down घोषणा गरेको छ। यस अवस्थाले नेपाली समुदायमा पनि विभिन्न खाद्यान्न लगायतका समस्या पर्ने निश्चित प्रायः नै छ। यसै विषम परिस्थितिमा एनआरएनए स्पेनले विशेष गरी रेसिडेन्सी नभएका, भर्खर स्पेन आएका तथा काम नभएका विद्यार्थी र दाजुभाइ तथा दिदीबहिनीहरुलाई लक्षित गर्दै एउटा राहतको प्याकेजको घोषणा गरेको थियो । पूर्व घोषित राहत वितरण अनुरूप स्पेन को ग्रानकानारिया राज्यमा २६ , पाइसभास्को राज्यमा ५ जनाको लागी राहत बितारण गराईसकेको र राहत वितरण कार्यक्रम जारी नै रहेको पनी महासचिब उमराजले जानकारी गराएको छ ।
साथै विबिध कारणले बितरण गर्न बाकी रहेको बार्सिलोनामा पहिलो दिन पीड़ित ब्यक्ति को वास्तविक समस्याको पहिचान गरी २९ जना लाई तोकीएको स्थान बाट राहत प्रदान गरीनुका साथै दोश्रो दीनमा १३ र आज तेश्रो दिनमा २६ जना लाई राहत बितरण गरीएको थियो । हालसम्म एन आर एन ए स्पेन मातहत बाट कुल ९९ जना व्यक्तिलाई राहत प्रदान गरीसकेको छ । राहत लिनुहुने सम्पूर्ण ब्यक्तिको व्यक्तिगत विवरण संघको अभिलेखमा सुरक्षित तरिक़ाले राख्ने र रहने कुराको पनी एनआरएनए स्पेनले जनाएको छ । राहत बितरण ब्यबस्थापन र यातायातमा अहोरात्र खटेर सहयोग गर्नुहुने एन आर एन ए स्पेनका सचिव श्री लेकाली घिमिरे( दुर्गा प्रसाद घिमिरे) ज्यु लाई NOVEL CORONAVIRUS COVID – 19 आपतकालिन मूल सहयोग समिति एन आर एन ए स्पेन हार्दिक नमन गर्दछ । साथै स्पेनका क्षेत्रीय समिति नभएका ठाउँहरुमा समेत त्यहाँ भएका सामाजिक संघसंस्था तथा अभियन्ताहरुसंग सम्पर्क गरी आबस्यकता हेरी सोअनुरूप सहयोग उपलब्ध गराइने समेत जानकारी गराउँदछौ जारी बिज्ञप्तिमा भनिएको छ ।
राहत प्याकेज विवरण:
१) चामल ५ के.जी
२) दाल २ के.जी
३) तेल
१ ४) नुन १ के.जी
५) चीनी १ के.जी
६) गेडागुडी २ के.जी
७)पास्ता २ केजी
राहत वितरणका क्षेत्र तथा सर्तहरू।
१) वैधानिक रुपमा स्पेनको रेसिडेन्स कार्ड नभएका दाजुभाई तथा दिदीबहिनीहरु।
२) हालको अवस्थामा रोजगारी /काम/अाय आर्जनका श्रोत नभएका दाजुभाइ तथा दिदीबहिनीहरु
३) राहत संकलन गर्दा स्वयं व्यक्ति आफ्नो परिचय खुल्ने कागजात सहित उपस्थित हुनुपर्ने।
राहत संकलनका लागि सम्पर्क व्यक्तिहरु तथा सम्पर्क नम्बर
बार्सिलोना:
- दिनेश गुरुंग
Calle Pau alsina – 59
08024 barcelona
Time : 12-14 बजे सम्म
Phone number : 676 301 773 - लेकाली घिमिरे
Calle mont – 13.
08904
Hospitalet
Phone number : 687 630 606 - दिनेश गिरी
C/ marti CoDolar 18, Hospitalet
Near meteo L1 santa eulalia
Phone number : 663619636 - राज ढकाल
Calle mare de deu del remei -22
Barcelona, poble sec
Phone number : 631247338
माड्रीड:
उत्तर राई-654827089
मेघनाथ ढकाल -632255027
सुरेश बास्तोला- 673 501 115
जानु गुरुङ्ग -632 086 114
सुजील गोले -631669682
पाइसभास्को
तुलसी गुरुङ्ग -631739192
महनारायण चौधरी – 631057378
कृष्ण सिग्देल-663439409
कमला बराल -632 352 400I
ग्रान कानारिया
दीप श्रेस्ठ- 610900040
पवन राजभन्डारी – 670311191
श्यामकुमार खडका – 662019832
निस्चल न्यौपाने -631736812
दीपक आचार्य – 632564845
भिम गुरुङ – 602081043




1522 पटक हेरिएको 
















