चीनद्धारा कोरोना भाईरस(CODIV-19)को औषधी पत्ता लागेको दाबी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1333 पटक हेरिएको

चीन, फागुन २२ ।

कोरोना भाईरसबाट बिश्व पिडित भईरहेको सन्दर्भमा बिभिन्न देशका बैज्ञानिकहरू नोबेल कोरोना भाईरसको औषधि बनाउनमा जुटीरहेको छ । यसै सन्दर्भमा चीनले कोरोना भाइरस (कोविड १९) विरुद्धको खोप बनाउन सफलता मिलेको दाबी गरेको छ। केही वर्षअघि सार्स र इबोला जस्ता खतरनाक भाइरसविरुद्धको खोप बनाएर विश्वलाई खतरामुक्त बनाएका चिनियाँ सेनाका मेजर जनरलको टीमले खोप बनाएको हो।

चिनियाँ सेना, पिपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो । वुहान चीनमा कोरोनाको उत्पति भएको ठाउँ हो।

चाइना सेन्ट्रल टेलिभिजनका अनुसार शेनको टीमले कोरोनाविरुद्धको खोप बनाउन सफलता प्राप्त गरेको हो। उक्त टीमले रातदिन लगाएर खोपको ’क्लिनकल एप्लीकेशन’ तयार गरेको जनाइएको छ। चीनको मिलिट्री मेडिकल साइन्स एकेडेमीलाई खतरनाक भाइरसविरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता मिलेको उदाहरण छ।

यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन्। चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आतंक अन्त्य हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार