प्रवासी म्याग्दी नेपाली संघ (मोना) जापानले जुलाई २ मा बार्वेक्यू अर्थात् बनभोज कार्यक्रमको आयोजना गर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  199 पटक हेरिएको

जापान, जेठ २७ ।  

नेपालस्थित म्याग्दी जिल्लाबाट जापानमा आइ विभिन्न पेशा, व्यवसायी, अध्ययनमा आबद्द म्याग्दी बासीहरुको साझा संस्था प्रवासी म्याग्दी नेपाली संघ (मोना) जापानले बार्वेक्यू अर्थात् बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । मोना जापानले जुलाई २ तारिख आईतबार टोकियोस्थित शिनकीवा पार्कमा बार्वेक्यू कार्यक्रम आयोजना गर्न लागेको मोना जापानका सल्लाहकार तथा एनआरएनए आईसिसिका एसिया प्यासिफिक संयोजक ददिवल खड्काले बताएका छन ।

जापानमा रहेका म्यागदेली तथा जापानवासी नेपालीहरुबीच आपसी भाईचारा, चिनजान र सहकार्यको लागि रमाईलो संगै समर बिबिक्यू आयोजना गरिएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अर्को महिना जुलाई २ तारिख आईतबार मोना जापानको बार्बेक्यु अर्थात बनभोजको तयारीमा जुटेकोले सबैलाई समय मिलाउन समेत महासचिव गणेश श्रेष्ठले अनुरोध गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार