आबेको हत्याराको आमाले धार्मिक समूहलाई १० करोड येन दान दिएको पूष्टि, थप अनुसन्धान हुदई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  417 पटक हेरिएको

जापान, असार ३० । 

जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आबेको हत्यारा तेचुया यामागामीकी आमाले युनिफिकेशन चर्च नामक धार्मिक संस्थालाई कूल १० करोड येन मूल्य बराबरको दान दिएको पूष्टि भएको छ । अनुसन्धानमा संलग्न स्रोतहरुले यस्तो बताएको भन्दै स्थानीय सञ्चार माध्यमहरुले समाचार छापेका छन् ।

सो समूहलाई दान दिएपछि आफ्नो आमा कंगाल बनेको भन्दै यामागामी सो समूहप्रति आक्रोशित थिए । उनले सो समूहका नेता मोलोटोभ ककटेललाई मार्ने कोशिश गरेका थिए । यो काममा उनी नाकाम भए । सोही समूह सम्बद्ध एक कार्यक्रममा आबेको भिडियो सन्देश हेरेपछि आबे पनि सो समूहमा छन् भन्ने ठानेर उनले आबेमाथि गोली प्रहार गरेको प्रहरीलाई बताएका छन् ।

सन् १९५४ मा सो धार्मिक समूह दक्षिण कोरियामा स्थापना भएको थियो । यसको शाखा जापानमा पनि छ । उक्त शाखाले हत्याराकी आमाले कति दान दिएकी छिन् भन्ने कुरा खुलाउन उपयुक्त नभएको बताएको छ । स्रोतका अनुसार यामागामीको आमा सन् १९९८ मा सो समूहमा आबद्ध भएकी थिइन् । सन् १९९९ मा उनले आफ्नो हजुरबुबाबाट पाएको पैतृक सम्पत्ति (जग्गा) र नारामा आफू बस्दै आएको घर बेचिदिइन् । ठूलो रकम धार्मिक समूहलाई दान दिएपछि सन् २००२ मा उनी कंगाल बनिन् ।

सो समूहलाई दान दिएपछि आफ्नो पारिवारिक अवस्था बिग्रिएको र यसका लागी सो समूहले जसरी पनि दन्ड पाउनु पर्छ भन्ने सोच उनमा पलाएको पाइएको छ । पटक पटक सो समूहका नेतालाई मार्ने प्रयास असफल हुनु अनि कोभिडका कारण गतिविधिमा लगाइएको नियन्त्रणका कारण उनको योजना अगाडि बढ्न सकेन । यसैबीच गएको वर्ष सेप्टेम्बरमा सोही धार्मिक संस्थाको अगुवाले स्थापना गरेको गैर सरकारी संस्थाको एउटा ¥यालीमा आबेको भिडियो देखे ।

आबे पनि सो समूहमा अबद्ध रहेछन् भन्ने ठानेर उनलाई जुनसुकै हालतमा पनि मार्नु पर्छ भन्नेमा आफू विश्वस्त बनेको पनि अनुसन्धानमा संलग्न स्रोतलाई यामागामीले बताएका छन् । तर आबेको सो समूहसँग प्रत्यक्ष सम्बन्ध भने नरहेको उक्त धार्मिक समूहको जापानी शाखाका प्रमुख तोमिहिरो तानाकाले सोमबार बताएका थिए । अनुसन्धाताहरुले भने यस घटनामा अन्य कारणको पनि खोजबिन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार