बलात्कार आरोपी पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  321 पटक हेरिएको

नवलपासी, चैत २३ ।  

बलात्कार मुद्धामा जेल चलान भएका अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । हिजो भएको थुनछेक बहसको निर्णय सुनाउदै न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट शाह कारागार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो ।

पीडित किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर उनले पटकपटक जबरजस्ती करणी गरेको अभियोग छ । पीडितका बुबाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँ र पूर्व नवलपरासीमा किटानी जाहेरी दिएका थिए । अभिनेता पल शाहको अडियोबाट पनि निजले बिबाह गर्ने सर्तका किशोरीलाई पटक पटक बलात्कार गरेको स्पष्ट हुन आउछ ।

निजले किशोरीको परिवारजनसँगको वार्तालाबमा प्रेमी प्रेमीका बिच शारीरिक सम्पर्क हुनु स्वचाबिक हो भन्ने तर्क दिएका थिए । उक्त सम्बन्ध कै कारण बिबाह गर्न आफु असमर्थ रहेको भाबको भनाई परिवार सँगको वार्तामा समेत भनेका थिए । उक्त अडियो पनि निजलाई जेल पुर्याउने आधार बनेको न्यायाधिसहरुको जिकिर रहेको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् । 

बलात्कार आरोपी शाहलाई पुर्वपक्षका लागि थुनामा राख्न आदेश पुनःजेल चलान, सहयोगीलाई भने एक लाख धरौटीमा छाड्न अदालतको आदेश

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार