बलात्कार आरोपी शाहलाई पुर्वपक्षका लागि थुनामा राख्न आदेश पुनःजेल चलान, सहयोगीलाई भने एक लाख धरौटीमा छाड्न अदालतको आदेश

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  633 पटक हेरिएको

काठमाडौं, चैत १० ।  

अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । गायिका समिक्षा अधिकारीलाई पटकपटक बलात्कार गरेको आरोपमा पक्राउ परेका शाहलाई अदालत पेश गरेको हो । आज न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए । जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । अनुसन्धान जारी रहँदा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि सोही विषयमा जाहेरी परेको थियो ।

पललाई नवलपुर पुर्‍याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३ चैतमा मुद्दा दर्ता भएको थियो । तनहुँमा चाहिँ मंगलबार शाहविरुद्ध मुद्दा दर्ता भएको छ । यस्तै निज आरोपी शाहलाई उक्त घटना मिलाउन तथा बिभिन्न प्रलोभन र मार्ने धम्की समेत दिएको आरोपमा पल शाहका म्यानेजर कृष्ण ओलीबिरुद्ध पनि मुद्धा दर्ता भएको थियो । निजलाई भने एक लाख धरौटीमा तारेखमा छाड्न अदालतले निर्देशन दिएको छ चने निज बिरुद्ध पनि शाहलाई जस्तै गैडाकोटमा पनि मुद्धा दर्ता हुने जनाएको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस । 

बलात्कार नगरेको पल शाहको प्रहरीलाई बयान, अडियो रेकर्ड भने आफ्नो भएको स्वीकार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार